दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार आज एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नम्बर २ मा रहेको गौरिलमाण्डौ माध्यमिक विद्यालय हिकिलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले बताउनुभयो ।
गाउँपालिकाको सामाजिक विकास शाखा संयोजक, वडा नम्बर ३ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता देव बहादुर बमको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका पूर्व प्रमुख कारबिर सिंह कार्की, गाउँपालिका उपाध्यक्ष शान्ति बम, प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशी, निर्वतमान गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की लगायत विभिन्न वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका शाखागत कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको बमले बताउनुभयो ।





प्रतिक्रिया