दार्चुलाको हुनैनाथ मावि कुणीको विव्यस गठन, अध्यक्षमा आनसिंह धामी चयन

दार्चुला। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय कुणीको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । बुधबार (आज) बसेको अभिभावक भेलाबाट आनसिंह धामीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिका अन्य सदस्यहरुमा तुलादत्त जोशी, कलसा जोशी, पशुपति टमटा, बहादुरसिह खत्री, कुमारी सार्की चयन हुनुभएको छ । त्यस्तै शिक्षक प्रतिनिधिमा दुर्गादत्त जोशी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशी चयन हुनुभएको छ ।

त्यस्तै आज नै बसेको भेलाबाट धर्मानन्द भट्टको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको प्रधानाध्यापक जोशीले बताउनुभयो । त्यस्तै सदस्यहरुमा हिमेन्द्र सिंह धामी, द्रोपती जोशी, हिरा भट्ट, अनिरुद्र भट्ट, जगदिश धामी, महाना सार्की र नवराज भट्ट चयन हुनुभएको छ ।

त्यस्तै विव्यस अध्यक्ष आनसिंह धामी र प्रधानाध्यापक अम्बादत्त जोशी मनोनित सदस्य चयन हुनुभएको छ भने सदस्य सचिवमा शिक्षक मनोज बहादुर बोहरालाई चयन गरिएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?