दार्चुला । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ सिमार बस्ने २४ वर्षीया झुपा रानाको बुधबार माटो खन्ने क्रममा माटोको ढिस्को पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो । आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ चौड स्थित घर लिपपोतको लागी माटो खन्ने क्रममा ढिस्कोले पुरीएर गम्भिर घाइते हुनुभएकी रानाको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।

रानालाई उपचारको लागी गोकुलेश्वर अस्पताल पुगाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा प्रहरी निरीक्षक तथा सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?