दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा खेलमैदान निर्माण गरिदै छ । मालिकार्जुन माध्यमिक विद्यालय मडको नाममा रहेको वडा नम्बर ३ सिलङ्गैर बजारमा खेल मैदान निर्माण भइरहेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र अन्य खेलकुद प्रयोजनको लागि गाउँपालिकाले खेल मैदान निर्माण कार्य गरिरहेको वडा अध्यक्ष मदन सिंह धामीले बताउनुभयो ।
विद्यालयको कित्ता नम्बर ८४ को करिव १९ रोपनि भिरालो जमिनलाई सम्याएर खेल मैदान निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।
गाउँपालिका र वडा भित्र पनि खेलमैदानको समस्या रहेकोले मालिकार्जुनमा खेलमैदान निर्माण कार्य भईरहेको हो । उक्त मैदानमा आगामी माघ पहिलो साताबाट हुने गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने गरि निर्माण कार्य भइरहेको वडा अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाको स्काईभेटर लगाएर निर्माण कार्य भईरहेको हो ।





प्रतिक्रिया