सडकमा राखिएका सामग्री हटाउन शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकाको आग्रह

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकाले सार्वजनिक सडकमा अव्यवस्थित रूपमा राखिएका निर्माणजन्य तथा अन्य सामग्री हटाउन सम्बन्धित सबैलाई ७ दिने समयसीमा तोकेका छन्।

गत मिति २०८२/०९/२३ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरपालिका समन्वय बैठकको निर्णयअनुसार दुवै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र सार्वजनिक सूचना जारी गर्दै सडक अवरोध हटाउन आग्रह गरेका हुन्।

शैल्यशिखर नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सडक तथा बाटोमा राखिएका निर्माणजन्य लगायतका अन्य सामग्री तत्काल हटाउन अनुरोध गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टका अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र अवरोध हटाउन आग्रह गरिएको हो। तोकिएको समयसीमाभित्र सामग्री नहटाएमा कानुन बमोजिम अवरोध हटाउन सुरक्षा निकायसँग आवश्यक समन्वय गरी कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

त्यस्तै, नौगाड गाउँपालिकाले गोकुलेश्वर–देथला–खार–खलंगा सडकखण्डका विभिन्न स्थानमा लामो समयदेखि राखिएका निर्माणजन्य तथा अन्य सामग्री हटाउन आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीका अनुसार सडकमा राखिएका सामग्रीका कारण सवारी आवागमनमा समस्या उत्पन्न भइरहेकाले सार्वजनिक सूचना जारी गरी ती सामग्री हटाउन अनुरोध गरिएको हो।

सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र सम्बन्धित सडक क्षेत्रमा राखिएका निर्माणजन्य तथा अन्य सामग्री नहटाएमा ती सामग्री जफत गरिने समेत सूचनामा उल्लेख गरिएको छ।

यसैबीच, गत बुधबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरपालिका समन्वय बैठकले सडकमा राखिएका निर्माणजन्य तथा अन्य सामग्रीका कारण आवागमनमा समस्या भइरहेको भन्दै व्यापक जनगुनासो आएको निष्कर्षसहित यस्ता सामग्री हटाउन लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?