दार्चुलामा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न जिल्ला समिति गठन

दार्चुला । जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको संयोजकत्वमा जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको बैठकले गृह मन्त्रालयको निर्देशनअनुसार उक्त समिति गठन गर्ने निर्णय गरेको हो। जिल्लाभित्र धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सहिष्णुता कायम गर्नु समितिको मुख्य उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

समितिमा आवश्यकता अनुसार जिल्लास्थित सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरूलाई समेत समावेश गरिने उहाँले बताउनुभयो। साथै, कानूनले निषेध गरेका गतिविधिमा संलग्न जो–कसैलाई कानूनी दायरामा ल्याई कारबाही गरिने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले अवैध गतिविधि तथा अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरूको आवागमन रोक्न सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। यसैगरी जिल्लाका सबै स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रमा समुदायस्तरमा समन्वयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, रेडियो एफ.एम. मार्फत स्थानीय भाषामा शान्ति तथा सामाजिक सद्भावसम्बन्धी कार्यक्रम प्रसारण गर्ने र पत्रकार तथा आम सञ्चारकर्मीलाई आवश्यक सूचना उपलब्ध गराउने निर्णय गरिएको छ।

जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक रहनुका साथै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ तथा जिल्ला समन्वय समितिका सदस्यहरू सहभागी रहेका छन्।

बैठकमा सहभागी अधिकांश राजनीतिक दलका नेताहरूले दार्चुलामा हाल धार्मिक तथा सांस्कृतिक सद्भाव खल्बलिने कुनै गतिविधि नरहेको उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षाको बलियो वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। बैठकमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, सुरक्षा निकाय तथा विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?