दार्चुलाको शैल्यशिखर-८ मा रहेको गलैनाथ मावि झरकडाका पूर्व प्रधानाध्यापक भण्डारीको विदाई

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा रहेको गलैनाथ माध्यमिक विद्यालय झरकडाका पूर्व प्रधानाध्यापक बीर सिंह भण्डारीको विदाई गरिएको छ । ४० वर्षे शिक्षण सेवापछि अनिवार्य अवकासमा जानुभएका भण्डारीको शुक्रबार एक कार्यक्रमका बिच व्यव्य विदाई गरिएको हो ।

२०४४ साल फागुन ५ गते देखि शिक्षण सेवा प्रवेश गर्नुभएका भण्डारीेले ४० वर्षको अवधीमा जिल्लाका विभिन्न विद्यालयमा शिक्षण गर्नुभएको छ । भण्डारी लामो समय अपिहिमालको खण्डेश्वरी मावि क्षतीको प्रधानाध्यापक रहनुभएको थियो ।

त्यस्तै २०७२ साउन देखि ७३ पुस सम्म नौगाडको गणेश विनायक मावि सिप्टीका प्रधानाध्यापक रहनुभएको भण्डारी त्यस यता गलैनाथ माविमा कार्यरत हुनुहुन्थ्यो । ढेड वर्ष गलैनाथ माविमा प्रधानाध्यापक भएर काम गर्नुभएका भण्डारीले ९ वर्ष गलैनाथ माविमा शिक्षण गर्नुभएको विद्यालयका निमित्त प्रधानाध्यापक तुलसी सुवेधीले बताउनुभयो ।

विद्यालयले सेवा नितृत जिवनको सुखद कामना सहित भण्डारीको भव्य विदाई गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?