दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐडिबाग माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति सदस्य चयन र शिक्षक अभिभावक संघ गठन गरेको विद्यालयका प्रधानाध्यापक जयानन्द जोशीले बताउनुभयो ।
शुक्रबार बसेको भेलाले विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा देवराज जोशी, बिष्णुदत्त जोशी, गोमती जोशी र जानकी जोशीलाई चयन गरेको उहाँले बताउनुभयो । एक जना शिक्षक प्रतिनिधि, एक जना वडा प्रतिनिधि र दुई जना मनोनीत सदस्य रहनेछन्। विव्यस सदस्य सचिव प्रधानाध्यापक रहने व्यवस्था छ।
यस्तै राधापल्लब जोशीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको प्रधानाध्यापक जोशीले बताउनुभयो । शिक्षक अभिभावक संघको सदस्यहरूमा देबिदत्त जोशी, हरिदत्त जोशी, गंगादत्त जोशी, कौशीला जोशी, शिवदत्त जोशी, राधा जोशी र भानदेव जोशी चयन भएको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो।
जेष्ठ अभिभावक अम्बादत्त जोशीको अध्यक्षतामा आयोजित भेलामा लेकम गाउँपालिकाका पुर्वअध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यता तथा समाजसेवी, शिक्षाप्रेमी अभिभावकहरूको उपस्थिति रहेको उहाँले बताउनुभयो।





प्रतिक्रिया