दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गरेको छ । गाउँपालिकाका ५ वटै वडामा बसोबास गर्ने ४ सय ५० जना जेष्ठ नागरिकहरुलाई न्यानो लुगा तथा पोषण सामग्री वितरणका साथै सामान्य स्वास्थ्य परिक्षण सेमत गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।
जेष्ठ नागरिकहरुको सम्मान गाउँपालिकाले गाउँपालिकामा बसोबास गर्ने सबै जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको अध्यक्ष ठेकरे बोहराले बताउनुभयो । जस अन्तरगत गाउँपालिकाका ५ वटै वडाका ४ सय ५० जनालाई सेवा दिइएको छ ।
गाउँपालिकाको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार जेष्ठ नागरिकहरुलाई न्यानो लुगा, पोषण सामग्री वितरण गर्नेका साथै टोलटोलमै पुगेर स्वास्थ्य परिक्षण तथा स्वास्थ्य संस्थामा उपलब्ध औषधि वितरण गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले गत वर्ष पनि जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गरेको थियो ।





प्रतिक्रिया