दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा रहेको गलैनाथ माध्यमिक विद्यालय झरकडाँको ६६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार आज विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनराम जोशीको अध्यक्षतामा सञ्चालन भएको ६६औँ वार्षिकोत्सव तथा अभिवाक दिवस सम्पन्न भएको विद्यालयका शिक्षक नारायण दत्त जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष केशव राज जोशी, वडा नम्बर २ का वडा अध्यक्ष नरेन्द्र बहादुर पाल, नेकपा(एमाले) जिल्ला कमिटी दार्चुलाका पूर्व अध्यक्ष राम दत्त जोशी, वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष अजव विष्ट लगायतको आतिथ्यता रहेको शिक्षक जोशीले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तुलसी सुवेधीले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
उहाँका अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय १ करोड ५२ लाख ४५ हजार २ सय ५९ रुपैँया २७ पैँसा रहेको छ भने सोही अवधीको व्यय १ करोड ४७ लाख ९० हजार १ सय ९१ रुपैँया ५८ पैँसा रहेको उहाँले बताउनुभयो । सो अवधीको बचत ४ लाख ५५ हजार ६७ रुपैँया ६९ पैँसा रहेको छ । त्यस्तै हाल सम्म विद्यालयको छात्रवृती अक्षयकोषमा १६ लाख र विद्यालयका मुद्धती खाताहरुमा २४ लाख ६० हजार बचत रहेको विद्यालयका शिक्षक नारायण जोशीले जानकारी दिनुभयो ।
वार्षिकोत्सव समारोहको अवसरमा वडा कार्यालयको तर्फबाट टुहुरा तथा अनाथ बालवालिकालाई कम्बल र एक-एक हजार नगद सहयोग प्रदान गरिएको वडा अध्यक्ष केशव राज जोशीले जानकारी दिनुभयो । त्यस्तै सेवा निवृत भएर जानुभएका विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक बीरसिंह भण्डारीलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको उहाँले बताउनुभयो ।




