दोगडाकेदार गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, केदार मावि पिपलकोट प्रथम

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका स्तरीय छैंटौ राष्टपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिवारबाट सुरु भएको प्रतियोगिता सोमबार (आज) सम्पन्न भएको हो ।

गाउँपालिका भित्रका ११ वटा विद्यालयको सहभागिता रहेको प्रातियोगितामा ११ स्वर्णसहित केदार माध्यमिक विद्यालय पिपलकाटले उपाधि जितेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो ।
पिपलकोटले ११ स्वर्ण, ४ रजत र ८ कास्य गरि कुल २३ पदकसहित छैंटौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको उहाँले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा रौलेश्वर माध्यमिक विद्यालय कालागाँउले ७ स्वर्ण र १ कास्य गरि कुल ८ पदकसहित द्धितीय स्थान प्राप्त गर्दा, भगवती माध्यमिक विद्यालय सित्तडले ६ स्वर्ण, ६ रजत र ६ कास्य गरि कुल १८ पदकसहित तृतीय स्थान प्राप्त गरेको दोगडाकेदारबाट लोकदर्पण सम्वाददाता सुरज महराले खबर पठाउनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीको अध्यक्षतामा सञ्चालन भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?