लेकम-१ को हुनैनाथ आवि डोबिगाउँमा विव्यस सदस्य र शिक्षक अभिभावक संघ चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-१ सर्मोलीमा अवस्थित हुनैनाथ आवि डोबिगाउँमा विव्यस सदस्य र शिक्षक अभिभावक संघ चयन गरिएको छ। हुनैनाथ आवि डोबिगाउँका निवर्तमान बि.ब्य.स. अध्यक्ष गगन सिह साउदको अध्यक्षतामा आयोजित अभिभावक भेलाबाट विव्यस सदस्य र शिक्षक अभिभावक संघ चयन गरिएको विद्यालयका प्रधानाध्यापक नैन सिंह साउदले जानकारी दिनुभयो।

लेकम गाउँपालिकाको शिक्षा ऐन तथा नियमावली बमोजिम अभिभावकहरुमध्ये बाट कटौरी लाबड, बिमला साउँद, बल्देब बोहरा र कालुदत्त पन्त गरी चार जना विव्यस सदस्य चयन गरिएको उहाँले बताउनुभयो । यस्तै शान्ति साउँदको अध्यक्षतामा दिपा बोहरा, कमला साउँद, दमयन्ती साउँद, पार्वती पन्त, कलकुतो साउँद, लालसिह साउँद, बिमला लाबड सदस्य रहने गरी शिक्षक अभिभावक संघ गठन गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?