दार्चुलाको शैल्यशिखर–९ सिन्याडी खोलामा चितुवा मृत फेला, गोकुलेमा अन्तेष्टी गरियो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ सिन्याडी खोलामा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । खोलामा मरेर सडे गलेको अवस्थामा चितुवाको बच्चा फेला परेको डिभिजन वन कार्यालय दार्चुलाका रेन्जर दुर्गा अवस्थीले जानकारी दिनुभयो ।

४५ इन्च लामो चितुवाको बच्चा मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालय र ईलाका प्रहरी कार्यालय दार्चुलाको टोलीले उद्धार गरी अस्थाई प्रहरी पोष्ट गोकुलेश्वरको कम्पाउण्डमा गाडेर अन्तेष्टी गरिएको उहाँले बताउनुभयो ।

चितुवा मृत फेला परेको स्थानमै गाईको सिनो समेत भेटिएकोले गाईको सिनो खाएर मरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ । गाई र चितुवालाई समेत गिद्धहरुले खाएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृत चितुवालाई उद्धार गरी गोकुलेश्वरमा खाडलमा गाडेर व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?