आज राष्ट्रिय योग दिवस मनाइँदै

दार्चुला । आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले २०७२ सालदेखि हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

योग गुरुहरुका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ ।

योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घरोगबाट बच्न सहयोग हुने योगका जानकारहरु बताउँछन् । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?