११औँ राष्ट्रिय योग दिवसको अवसरमा मालिकार्जुनमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न

दार्चुला । ११औं राष्ट्रिय योग दिवंस दार्चुलामा पनि मनाइएको छ। स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नारासहित ११औँ राष्ट्रिय योग दिवस मनाइएको हो । योग दिवसको अवसरमा जिल्लाको मालिकार्जुन गाउँपालिकाले सप्ताहव्यापी योग कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।

योग दिवसको अवसर पारी विहिबार (आज) अन्तर विद्यालय स्तरीय योग प्रतियोगिता सञ्चालन गरेको उहाँले बताउनुभयो । यस अघि गाउँपालिकाले योग दिवसको पूर्वसन्ध्यामा योग अभ्यास लगायत विभिन्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको थियो । आज सञ्चालन भएको योग प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

विभिन्न विधामा सञ्चालन गरिएको योग प्रतियोगितामा योग आसन विधातर्फ सरस्वती माध्यमिक विद्यालय सेलिचमा प्रथम, शंकरपुर माध्यमिक विद्यालय पस्ती द्धितीय र राष्ट्रिय माध्यमिक विद्यालय ठिङ तृतीय भएको छ । त्यस्तै मन्त्र वाचन योतियोगितामा मालिकार्जुन माध्यमिक विद्यालय मड प्रथम, गरडा माध्यमिक विद्यालय बाँकू द्धितीय र सरस्वती माध्यमिक विद्यालय सेलिचमा तृतीय भएको उहाँले बताउनुभयो । म्युजिक व्यायाम प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय सेलिचमा प्रथम, हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर द्धितीय र राष्ट्रिय माध्यमिक विद्यालय ठिङ तृतीय भएको छ ।प्रतियोगितामा प्रथम द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष एवं योग गुरु हिरासिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रमुख एसपी देवराज जोशी लगायतको आतिथ्यता रहेको थियो ।

गाउँपालिकाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति लगायतको सहकार्य रहेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागी योग’ भन्ने नारालाई सार्थक बनाउन सबै नागरिकलाई योग संग जोड्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथी एव गाउँपालिका अध्यक्ष धामीको भनाई छ ।

स्वस्थ नागरिक भए मात्रै स्वस्थ समृद्ध समाज निर्माण गर्न सकिने भन्दै उहाँले योगलाई सबै नागरिक सम्म पुगाउन आवश्यक रहेको बताउनुभयो । २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?