निर्वाचन आयोग परिसरमा गगन थापा नेतृत्व समूहको धर्ना

दार्चुला । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग परिसरमा धर्ना दिएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसका नेताहरूले आज आयोग अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् ।

आजै बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबीसहित आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

अहिले गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाव दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले हिजाे केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?