महाकाली नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रबार (आज) नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष एवं नगरप्रवक्ता शंकर सिंह डोबालको अध्यक्षतामा छैटौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाट गरिएको हो ।

उद्घाटन समारोहमा नगर प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहको थियो ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख दुर्गा खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझा, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, नेपाली सेनाका गुल्मपति, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, शिक्षक, खेलाडी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तरगत आज विभिन्न प्रतियोगिताका हिट चरणका खेलहरु खेलाइएको छ । नगरपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता यहि माघ ५ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?