बैतडीको पुर्चौंडी नगरपालिकामा माघ ६ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने

दार्चुला । बैतडीको पुर्चौंडी नगरपालिकाले यहि माघ ६ गतेदेखि नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तरगत चौथौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ ६ गते देखि सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर नेपालीले बताउनुभयो ।

प्रतियोगितामा नगरपालिकाभित्रका माध्यमिक तहका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, मार्सल आर्ट र कबड्डी खेल समावेश गरिएको छ।

एथलेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड, ४×१ सय र ४×४ सय मिटर रिले, ज्याभलिन थ्रो, सटपुट, लङजम्प, हाइजम्प तथा ट्रिपल जम्प प्रतियोगिता सञ्चालन हुने छन् । मार्सल आर्टतर्फ छात्र–छात्राका लागि विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले माघ ३ गतेभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० अनुसार अनुसूची–१ बमोजिमको फाराम भरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा टिम दर्ता गरिसक्नुपर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । प्रतियोगिता वडा नम्बर १ को कमल विशास पार्कमा सञ्चालन हुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?