दार्चुला । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब मुद्दा, मामिला, कोर्ट, कचहरीमा समय खेर नफाली एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।
शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गरेसँगै प्रतिक्रिया दिँदै शर्माले यस्तो आग्रह गर्नुभएको हो । “सबैलाई यो नवीन यात्रामा, महान् यात्रामा एकताबद्ध भइदिनका लागि म अपिल गर्न चाहन्छु,” शर्माले भन्नुभयो ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेताहरूलाई नवीन यात्रामा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । अब मुद्दा, मामिलामा समय खेर फाल्न नहुने शर्माको भनाइ छ ।





प्रतिक्रिया