दार्चुला । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षलाई दिएकोमा एमालेका सचिव महेश बस्नेतले आक्रोश व्यक्त गर्नुभएको छ । लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार भएको उहाँको टिप्पणी छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आक्रोश पोख्नुभएको छ । उहाँले निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नांगो नाच देखिएको कडा प्रतिक्रिया दिनुभएको छ ।
‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो ,’ बस्नेतले लेख्नुभएको छ ।
यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिकरपर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उहाँको भनाइ छ ।





प्रतिक्रिया