दार्चुलामा भूकम्प सुरक्षा दिवसः सशस्त्र प्रहरीद्धारा भूकम्पीय विपदको कृत्रिम अभ्यास प्रदर्शन

दार्चुला । सबै तहका सरकार, सबै नागरिकको तयारी ः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रमका गरि मनाइएको छ ।

जिल्ला सदरमुकाम खंलगामा महाकाली नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाको सहजिकरणमा विभिन्न कार्यक्रम सञ्चालन गरि दिवस मनाइएको नगर प्रवक्ता शंकर सिंह डोबाले जानकारी दिनुभयो ।

दिवसको अवसरमा सशस्त्र प्रहरीको एक टोलीले भूकम्प सुरक्षा सम्बन्धी कृतिम अभ्यास (डेमो) प्रर्दशन गरेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी लिली बहादुर चन्दले बताउनुभयो ।

महाकाली नगरपालिकाको वडा नम्बर ४ स्थित शिवनगर खेल मैदान क्षेत्रमा डेमो प्रर्दशन सहित अन्य कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइने गरिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?