दार्चुला । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूह निर्वाचन आयोगको निर्णयको विरुद्धमा भोलि सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेस आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिएपछि देउवा पक्ष समूह सर्वोच्च अदालत जाने भएको हो ।

पार्टी केन्द्रीय कार्यलयमा आज बसेको देउवा पक्ष समूहको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवम् कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षीय ढङ्गले निर्णय गरेको आरोप लगाउनुभयो ।

विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित सङ्ख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उहाँको दाबी छ । उहाँले नेपाली कांग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?