दार्चुला । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरमा उम्मेदवार छनोटको प्रक्रिया टुङ्ग्याइने बताउनुभएको छ । आज बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा मनमा कुनै गुनासो नराखी एकढिक्का भएर लाग्न पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ ।

उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभापति थापाले समयको चाप र कानूनी प्रक्रियाका कारण केही अप्ठ्यारो अवस्था आएको स्वीकार गर्नुभएको छ । यद्यपि, पार्टीभित्र नयाँ–पुरानो सन्तुलन, समावेशिता र सबैलाई न्याय हुने गरी अधिकतम कोसिस भइरहेको उहाँको भनाइ छ ।

उहाँले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने अभियानमा जुट्न आग्रह गर्नुभयो । चित्त नबुझेका कुरा भए पनि रूख चिह्न पाउने उम्मेदवारको पक्षमा सबै एकजुट भएर लाग्न थापाको अपिल छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?