सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको २ लाख ८२ हजार पुग्यो

दार्चुला । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ६ सय २५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधवार सुनको भाउ तोलाको २ लाख ७८ हजार र चाँदीको भाउ तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?