हातहतियार बुझाउन दार्चुला प्रशासनको आग्रह

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन आग्रह गरेको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वस्नीय वातावरणमा सम्पन्न गराउन जिल्लाभित्र व्यक्तिगत रुपमा रहेका इजाजत पत्र प्राप्त हातहतियार तथा खरखजानाहरु बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले बताउनुभयो ।

माघ २० गते सम्म आफ्नो पायक पर्ने नजिकको प्रहरी कार्यालयमा हातहतियार तथा खरखजाना बुझाउन सकिने उहाँले बताउनुभयो । प्रहरीमा बुझाइएको उक्त हातहतियार निर्वाचन सम्पन्न भएको मितिले १ महिना पश्चात सम्वन्धित हातहतियार धनिले फिर्ता प्राप्त गर्न सक्ने छन् ।

तोकिएको अवधिभित्र हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?