दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ आधारभूत विद्यालय भट्टाइजरको विद्यालय व्यवस्थापन समिति पुर्नगठन गरिएको छ । बुधबार (आज) बसेको अभिभावक भेलाबाट जसिराम संग्रामको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक धर्मानन्द भट्टले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरुमा मदनराम सार्की, मदनराम टमटा, लक्ष्मी सार्की, माहाना सार्की, कलावती सार्की चयन हुनुभएको छ भने वडा प्रतिनिधिमा हरिदत्त भट्ट, शिक्षक प्रतिनिधिमा गिता दमाई र सदस्य सचिवमा विद्याल्यका प्रधानाध्यापक धर्मानन्द भट्ट चयन हुनुभएको छ ।
त्यस्तै आज नै धनिराम सार्कीको अध्यक्षतामा ११ सदस्सीय शिक्षक अभिभाक संघ गठन गरिएको प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो ।




