यस वर्षको पहिलो हिउँदे वर्षा: दार्चुलाका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु

दार्चुला । दार्चुलाका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ। व्याँस, अपिहिमाल लगायतका उच्च भूभागमा हिमपात भइरहेको छ भने जिल्ला भरि यस वर्षको पहिलो हिउँदे वर्षा पनि सुरु भएको छ। स्थानीय स्रोतहरूले आज अपरान्ह् पछि हिमपात भइरहेको जानकारी दिएका छन्।

लामो समयको खडेरीपछि परेको हिउँदे वर्षाले कृषकहरूलाई राहत पुगेको छ। सिचाइ सुविधा नभएका क्षेत्रका गहुँ लगायतका हिउँले बाली सुक्न थालेका थिए। कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख शिशिर आचार्यका अनुसार, हिउँदे वर्षाले गहुँ लगायतका हिउँदे बालीलाई राम्रो लाभ पुग्नेछ।

सिचाइ सुविधा नभएका कतिपय ठाउँमा बाली सुक्न थालेपछि किसानहरू चिन्तित भएका थिए। वर्षाले बाली सप्रिने मात्र नभई उत्पादनमा पनि वृद्धि हुने आचार्यले बताउनुभयो ।

यसैसँगै वर्षा र हिमपात सुरु भएपछि जिल्लामा चिसो पनि अत्याधिक बढेको छ। स्वास्थ्यकर्मीहरूले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो वस्त्र लगाएर बस्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?