दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ दमसैनाका २२ वर्षीय प्रवाश गिरी चार दिनदेखि सम्पर्कविहिन भएका छन् । माघ ०५ गते लेकम-३ लालीमा सञ्चालित स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका गिरी ०६ गते बेलुकीदेखी सम्पर्कविहिन भएका हुन् ।
माघ ०६ गते साँझ लाली देखि घर फर्किने क्रममा छोरा सम्पर्कविहिन भएपछि खोजी कार्यमा सहयोग गरिदिनुहुन उनका बुबा गोबिन्द गिरीले अनुरोध गर्नुभयो। गहु गोरो बर्ण, निलो जेन्स पाइन्ट र जकेट, रातो जुत्ता लगाएका अन्दाजी ५ फिट ४ इन्च उचाइका गिरी सम्पर्कविहिन भएपछि परिवार चिन्तित बनेको छ।
उनलाई भेटाउनुहुने मानिसलाई सम्पर्क नम्बर ९७६३२९०४१६ वा ९७६३२९०४१५ र भारतीय नम्बर ९०३४३०८५५९ मा सम्पर्क गरिदिनुहुन वा नजिकैको प्रहरी चौकीमा खबर गरेर सहयोग गरिदिनुहुन परिवारजनले अनुरोध गरेको छ।





प्रतिक्रिया