दार्चुला भन्सार कार्यालयद्धारा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

दार्चुला । दार्चुला भन्सार कार्यालयले भन्सार दिवसको पूर्वसन्ध्यामा अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा भन्सार कार्यालयले जिल्ला सदरमुकामस्थित महेन्द्र मावि खलंगाको अनाथालयका बालबासलिकालाई शैक्षिक सामग्री वितरण गरेको दार्चुला भन्सार कार्यालयका कार्यालय प्रमुख दिनेश धामीले जानकारी दिनुभयो ।

अनाथालयका २० जना बालबालिकालाई शैक्षिक सामग्री झोला, कपि, पेन्सिल, पेन, ज्यामिती बक्स लगायतका सामग्री वितरण गरिएको होे । त्यस्तै शनिबार नै जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । दिवसको पूर्वसन्ध्यामा जिल्ला अस्पतालको इर्मेजेन्सी वार्डमा रहेका सबै बिरामीलाई फलफुल वितरण गरिएको कार्यालय प्रमुख धामीले बताउनुभयो ।

यस अघि कार्यालयले शुक्रबार भन्सार कार्यालय परिसरमा सरसफाई गरेको थियो । हरेक वर्षको जनवरी २६ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

दार्चुला भन्सार कार्यालयले पनि दिवस मनाउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?