दार्चुला। दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सुरु भएको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्रीहरुको सहजताको लागी वडाहरुमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न आइतबार (आज)बाट शिविर सुरु गरिएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका ५ वडामा शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार आज वडा नम्बर ३ मा शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । वडा नम्बर ३ मा सम्पन्न शिविरबाट ७५ जना महिला र ३७ जना पुरुष गरि १ सय १२ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको विष्टले जानकारी दिनुभयो ।

माघ १२ गते भोली वडा नम्बर ४ को कार्यालय खरकडामा शिविर सञ्चालन हुने छ । वडा नम्बर ४ का सामाजिक सुरक्षा लाभग्राहीहरुलाई भोली विहान १० बजे देखि ३ बजे सम्म वडा कार्यालयमा उपस्थित भई भत्ता बुझिलिन आग्रह गरिएको छ । त्यस्तै माघ १३ गते वडा नम्बर २ को कार्यालय कुणीमा, माघ १४ गते वडा नम्बर १ को कार्यालय सर्माेलीमा र माघ १५ गते वडा नम्बर ६ को कार्यालय उचाकोटमा शिविर सञ्चालन हुने छ ।

वडा नम्बर ५ को हकमा बैंक नजिकै रहेकाले लाभग्रीहरुले बैंकबाटै सेवा लिन सक्ने भएकोले शिविर सञ्चालन नहुने उहाँले बताउनुभयो ।

लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, अपाङ्गता परिचय पत्र र चेक बुक लिएर भत्ता बुझिलिन गाउँपालिकाले आग्रह गरेको छ। यस अघि पनि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?