सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५२ सयले बढ्यो

दार्चुला । लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ ।

सोमबार (माघ १२) मा पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो ।

५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?