दार्चुलाको मार्मा गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत कार्यक्रम अनुसार “अध्यक्षसँग नागरिक स्वास्थ्य परीक्षण” कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो ।

शिविरमार्फत नसर्ने रोगअन्तर्गत मधुमेह (डायबेटिज), उच्च रक्तचाप, दम, अनिद्रा, मुटुरोगलगायतका विभिन्न स्वास्थ्य समस्याको चिकित्सकबाट परीक्षण तथा उपचार सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशीले जानकारी दिनुभयो। शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच, पशु सेवा शाखाबाट पशु स्वास्थ्यसम्बन्धी परामर्श तथा औषधि वितरण र कृषि शाखाबाट कृषि प्रसार सेवा तथा बीउ–बिजन वितरण समेत गरिने उहाँले बताउनुभयो।

एकीकृत घुम्ती स्वास्थ्य शिविर माघ १६ गते गाउँपालिका वडा नम्बर ६ को शिवालिङ्ग माध्यमिक विद्यालय पत्थरकाँडामा सञ्चालन हुने उहाँले बताउनुभयो । त्यस्तै माघ १७ गते वडा नम्बर ६ कै सिराडभुमी आधारभूत विद्यालय छिपानमा र माघ १८ गते वडा नम्बर ५ को सल्लेधार माध्यमिक विद्यालयमा मुरैमा सञ्चालन हुने छ ।

गाउँपालिकाभित्रका नागरिकलाई एकै स्थानबाट स्वास्थ्य, कृषि र पशु सेवामा पहुँच पुर्‍याउने उद्देश्यले उक्त शिविर सञ्चालन गर्न लागिएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?