विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वान गर्नुभएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब पनि एक्ला एक्लै हिँडेर नहुने बताउनुभयो।

‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन’, उहाँले भन्नुभयो ।

प्रचण्डले मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आग्रह गर्नुभयो । उहाँले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको बताउनुभयो ।

सोसल मिडियामा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको र यसलाई सबै एकताबद्ध भएर मात्रै रोक्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?