दार्चुला । दार्चुलाको मालिकार्जन गाउँपालिका स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सञ्चालन हुँदै छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन माध्यमिक विद्यालय मडको नव निर्मित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
हालै मात्र गाउँपालिकाले वडा नम्बर ३ स्थित सिलङ्गैर बजारमा मालिकार्जुन मावि मडको नाममा रहेको जग्गामा खेल मैदान निर्माण गरेको छ ।
यस पटक सोही नव निर्मित खेलमैदानमा छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका हिरासिंह धामीले बताउनुभयो ।
गाउँपालिका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता बुधबार विहान १० बजे उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ । प्रतियोगिता १८ गते सम्म सञ्चालन हुने छ ।




