दार्चुला । दार्चुलासहित सुदूरपश्चिम, कर्णाल, लुम्बिनी, गण्डकी प्रदेशका अधिकांश भूभागमा र बागमती प्रदेशका केही स्थानमा हिउँदे वर्षा भएको छ। पश्चिम नेपालमा यो दोस्रो हिउँदे वर्षा हो। यसअघि माघ ९ गते बेलुकादेखि १० गते बिहानसम्म पनि हल्का वर्षा भएको थियो।

सुदरपश्चिमका दार्चुला, बैतडी, डेडेल्धुरा, बझाङसहितका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात पनि भएको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिम क्षेत्रमा हिजो बेलुका प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली आज पूर्वतर्फ सर्दैछ । यसको असर पूर्वको कोशी र मधेश प्रदेशमा अलि कम देखिने सम्भावना छ । आज बिहान देशका धेरैजसो ठाउँमा बादल लाग्ने र काठमाण्डौ उपत्यकामा पनि आज हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भागमा पूर्ण बदलीसहित कतै–कतै मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही ठाउँमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका थोरै ठाँउ र कोशी प्रदेशको तराइको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएको शुक्रवार र शनिवार दुई दिन पश्चिम नेपालमा वर्षासँगै उच्च क्षेत्रमा हिमपात भएको थियो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार भोलिदेखि मौसम सफा हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?