दार्चुलाको मालिकार्जुन गाउँपालिका स्तरीय  छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार (आज) गाउँपालिकाको वडा नम्बर ३ मालिकार्जुन, मडमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष मदन सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष हिरासिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँपालिकाका शाखागत कर्मचारी, विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, सुरक्षाकर्मी, पत्रकार, खेलाडी विद्यार्थी लगायत खेलप्रेमी स्थानीयहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवं सूचना अधिकारी लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत आज विभिन्न ४ वटा खेलको फाइनल सम्पन्न भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका ११ ओटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगिताको मार्चपासमा उकू प्रथम, बाँकु द्धितीय र सेलिचमा तृतीय भएको सूचना अधिकारी धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?