दार्चुला । दार्चुला भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६४ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा ६४ लाख २३ हजार ५ सय ८१ रुपैँया राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश धामीले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भन्सार महशुल आयात शिर्षकमा सबैभन्दा बढी २९ लाख ३१ हजार ८ सय २५ रुपैँया राजस्व संकलन गरेको छ ।
त्यस्तै धरौटी सदरस्याहा शिर्षकमा १९ लाख ९८ हजार ८ सय १ रुपैँया, मुल्य अभिवृद्धि कर शिर्षकमा ५ लाख ९२ हजार ८ सय ६६ रुपैँया, स्वास्थ्य जोखिमकर शिर्षकमा १ लाख ७४ हजार ३ सय रुपैँया, अन्तःशुल्क शिर्षकमा ९३ हजार ८ सय ३४ रुपैँया, सडक निर्माण तथा सम्भार दस्तुर शिर्षकमा ६३ हजार रुपँैया, आकस्मिक लाभ कर शिर्षकमा ७१ हजार ८ सय ३० रुपैँया, भन्सार सम्बन्धी अन्य आयकर शिर्षकमा ४२ हजार रुपँैया, अन्य प्रशासनिक सेवा शुल्क ४ हजार रुपैँया गरि कुल ६४ लाख २३ हजार ५ सय ८१ रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख दिनेश धामीले जानकारी दिनुभयो ।




