दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण माध्यमिक विद्यालय लालीको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन भएको छ । शुक्रबार (आज) विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर सिंह भण्डारीको अध्यक्षता एवं लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाट गरिएको हो ।
त्यस्तै कार्यक्रममा लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशी, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष शुरेस सिंह थापा, वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, कृष्ण स्नातक क्याम्सका प्रमुख महादेव भट्ट लगायतका आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिभक्त नाथले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत वर्ष विद्यालयको कुल आय १ करोड ४९ लाख ९ हजार १ सय १२ रुपैँया र व्यय १ करोड ३१ लाख ६७ हजार २ सय ४ रुपैँया रहेको छ । कार्यक्रमको पहिलो दिन आज विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ । वार्षिकोत्सव समारोह भोली सम्पन्न हुने छ ।




