दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण माध्यमिक विद्यालय लालीको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार (हिजो) उद्घाटन गरिएको समारोह आज सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक हरिभक्त नाथले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको समापन समारोहमा वडा नम्बर ३ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता शुरेस सिंह थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिभक्त नाथले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत वर्ष विद्यालयको कुल आय १ करोड ४९ लाख ९ हजार १ सय १२ रुपैँया र व्यय १ करोड ३१ लाख ६७ हजार २ सय ४ रुपैँया रहेको छ ।

वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै कक्षा ९–१२ को विद्यालयको विकासमा समुदाय र अभिभावकको भुमिका विषय वक्तृत्वकला, कक्षा ६–८को गणित दौड, कक्षा ३–५ को कुर्सी दौड र शिशु देखि २ कक्षाका विद्यार्थीको लागि मिठाई दौड सञ्चालन गरिएको प्रधानाध्यापक नाथले जानकारी दिनुभयो । प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यस्तै अभिभावकहरुको लागि बम बालास्ट (पुरुष महिला) खेल सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

वार्षिकोत्सव समारोहको असवरमा विभिन्न समयमा विद्यालयलाई योगदान गरेका पूर्व तथा निर्वतमान जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु तथा पदाधिकारी र सदस्यहरु, अभिभावक तथा विभिन्न संघ संस्थालाई सम्मान गरिएको प्रधानाध्यापक नाथले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?