न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा भारतको जीत

दार्चुला । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम खेलमा भारत विजयी भएको छ । योसँगै भारतले शृङ्खला ४–१ ले जितेको छ ।

हिजो बेलुका भएको खेलमा घरेलु टोलीसँग न्युजिल्यान्ड ४६ रनले पराजित भयो । भारतले दिएको २ सय ७२ रनको ठूलो लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर ४ बलमा २ सय २५ रन बनाउँदै अलआउट भयो । न्युजिल्यान्डका फिन एलनले ८० रन बनाए । भारतका अर्शदीप सिंहले ५ विकेट लिए ।

त्यसअघि केरालामा टस जितेर ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २ सय ७१ रन बनायो । भारतका इशान किशनले १ सय ३ रनको शतकीय पारी खेले । न्युजिल्यान्डका लकी फर्ग्युसनले २ विकेट लिए । यी दुवै टोलीका लागि यो शृङ्खला आउँदो शनिवारदेखि हुने टी–२० विश्वकपको तयारीका रूपमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?