दार्चुला । दार्चुलामा घरपालुवा पशुचौपायाको लागि सञ्चालन गरिएको खोप अभियान सम्पन्न भएको छ । घरपालुवा पशुचौपायालाई माहामारीजन्य रोगबाट जोगाउन गत मंसिर महिनाबाट भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोप अभियान सञ्चालन गरेको थियो ।

जिल्लाका ९ वटै स्थानीय तहमा सञ्चालन भएको खोप अभियानबाट ६३ हजार ७ सय पशुचौपायालाई एफएमडी र ७६ हजार ८ सय पशुचौपायालाई पिपिआर गरि कुल १ लाख ४० हजार ५ सय पशुचौपायालाई खोप लगाईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी चन्द्र सिंह धामीले बताउनुभयो ।

जिल्लाको मार्मा गाउँपालिकामा ७ हजार मात्रा एफएमडी र ५ हजार मात्रा पिपिआर खोप लगाइएको छ । त्यस्तै नौगाड गाउँपालिकामा ९ हजार ३ सय एफएमडी, १६ हजार ५ सय पिपिआर, व्याँस गाउँपालिकामा ५ हजार एफएमडी र ८ हजार पिपिआर, अपिहिमाल गाउँपालिकामा २ हजार एफएमडी र ९ हजार पिपिआर, दुहुँ गाउँपालिकामा ४ हजार ४ सय एफएमडी र ३ हजार ५ सय पिपिआर खोप लगाइएको धामीले बताउनुभयो । त्यस्तै मालिकार्जुन गाउँपालिकामा ११ हजार ८ सय एफएमडी र ७ हजार पिपिआर, लेकम गाउँपालिकामा ८ हजार एफएमडी र १० हजार पिपिआर, महाकाली नगरपालिकामा ६ हजार २ सय एफएमडी र ७ हजार ८ सय पिपिआर र शैल्यशिखर नगरपालिकामा १० हजार एफएमडी र १० हजार पिपिआर खोप लगाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाई, भैसी, भेडा, बाख्रा, याक र चौरी लगायतका पशुमा एफएमडी, पिपिआर, खोप दिइएको हो । सुरुमा करिब १ लाख पशुचौपायालाई खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी माग भएपछि सोही अनुसार १ लाख ४० हजार बढी घरपालुवा पशुचौपायालाई खोप दिइएको धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?