दार्चुलाका विद्यालय र शिक्षकलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

दार्चुला । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय, दार्चुलाले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गर्न विद्यालय, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता, २०८२ मिति २०८२ माघ ४ गतेदेखि लागू भइसकेको सन्दर्भमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले सूचना जारी गर्दै जिल्लाभित्रका सबै विद्यालय, महाविद्यालय तथा तिनमा कार्यरत शिक्षक र कर्मचारीहरूलाई आचारसंहिता विपरीत कुनै पनि कार्य नगर्न र नगराउन आग्रह गरेको हो।

निर्वाचन आचारसंहिताको दफा ३९ बमोजिम विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोसँग सम्बद्ध शिक्षक र कर्मचारीहरू आचारसंहिता पालना गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।

आचारसंहिताअनुसार शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने, सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न नदिनुका साथै कुनै कार्यक्रम, सभा वा सम्मेलन आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय, दार्चुलाका इकाइ प्रमुख प्रताप सिंह धामीले बताउनुभयो ।

सूचनामा कानूनको अज्ञानता क्षम्य नहुने उल्लेख गर्दै सामाजिक सञ्जालको प्रयोग वा अन्य कुनै माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा नियमानुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?