दार्चुला । दार्चुलामा निर्वाचन आचारसंहिता तथा शान्ति सुव्यवस्था सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न मंगलबार निर्वाचन आचारसंहिताको पालना तथा शान्ति सुव्यवस्था सम्बन्धमा उक्त भर्चुअल अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भुवन गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । भर्चुअल बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला निर्वाचन अधिकारी, आचारसंहिता अनुगमन अधिकृतलगायतको उपस्थितिमा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्षहरू, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ/नगर कार्यपालिकाका कार्यालयका प्रशासन शाखा प्रमुखहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी पालना तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्ने विषयमा विस्तृत छलफल गरिएको उहाँले बताउनुभयो ।

हालसम्म जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कुनै औपचारिक उजुरी नपरेको भए पनि फाट्टफुट्ट रूपमा त्यस्ता गतिविधि भएको सुन्नमा आएको उल्लेख गर्दै आचारसंहिता कडाइका साथ पालना गर्न सबैलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । सबै तह, निकाय, कार्यालय प्रमुख तथा सरोकारवालाहरूले आचारसंहिता पालना गराउने र गराइरहने निर्णय बैठकले गरेको दाहालले बताउनुभयो ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार सामाजिक सञ्जालमा आएका निर्वाचनसम्बन्धी पोस्टहरूमा लाइक, कमेन्ट तथा सेयर नगर्न सबै सरकारी कर्मचारीहरूलाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?