युएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

दार्चुला । आइसिसी टी(२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा जारी वार्म अप खेलमा युएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।

पी चिदम्बरमा रंगशालामा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णयसँगै पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो।

युएईका ओपनर तथा कप्तान मोहमद वासिम ६ रनमा आउट भए। उनलाई पहिलो ओभरमै करण केसीले बोल्ड गरेका थिए। अर्का ओपनर आर्यांश शर्मालाई सन्दीप लामिछानले कप्तान रोहित पौडेलबाट २५ रनमा क्याच गराए। उनले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

अलिसन शराफूलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गराए भने ऐरीले मोहमद जोहाइबलाई १९ रनमा बोल्ड गरेका थिए।

मयंक कुमारलाई सन्दीपले ४ रनमा एलबिडब्लूको धरापमा परेका थिए।

११।३ ओभरमा ५ विकेटको क्षतिमा ६६ रन जोडेको युएईका लागि हर्षित कौशिक र मयंक कुमारको जोडी जमेको थियो। उनीहरुबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भयो।

कौशिकले २४ बलमा ३५ रन र मंयकले २७ बलमा नटआउट ३८ रन बनाए।

बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले २(२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।

नेपालले विश्वकपअघि दोस्रो वार्म अप खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुँदैछन्। यी खेलपछि नेपाली टोली मुम्बई फर्कनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?