बैतडीको दोगडाकेदार–३ स्थित चनैराज माविको ३९औँ वार्षिकोत्सव सम्पन्न

बैतडी । दोगडाकेदार गाउँपालिका–३ मा अवस्थित चनैराज माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक प्रगतिको समीक्षा गर्दै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति दिएका थिए। साथै अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, पत्रकार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक करुणाकर कुमार भट्टले विद्यालयको आय–व्यय विवरण प्रस्तुत गर्दै निरन्तर शैक्षिक उन्नतिको कामना व्यक्त गर्नुभयो।

सो अवसरमा वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरूले नृत्य तथा अन्य सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको दोगडाकेदारबाट लोकदर्पण संवाददाता सुरज महराले खबर पठाउनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?