दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा गाउँसभाको पन्ध्रौँ अधिवेशन उद्घाटन गरिएको छ । शुक्रबार (आज) गाउँपालिका केन्द्र शंकरपुर पस्तीमा उद्घाटन भएको पन्ध्रौँ अधिवेशन आजै सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको सभापतित्वमा सञ्चालन भएको अधिवेशनबाट सार्वजनिक लेखा समिति, न्यायिक समिति र राजस्व परामर्श समितिको प्रतिवेदन पारित भएको उहाँले बताउनुभयो । त्यस्तै अधिवेशनबाट गाउँसभाको सचिवालय सञ्चालन सम्बधि कार्यविधि तथा कार्यपालिकाले अघिल्लो गाउँसभा यता गरेका निर्णयहरु पारित गरेको उहाँले बताउनुभयो ।
अधिवेशनबाट सार्वजनिक लेखा समितिका सदस्यहरुको नामावली फेरबदल गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।




