दार्चुलाको मार्मा-४ मा एकीकृत घुम्ती शिविर सञ्चालन हुँदै

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अनुसार “अध्यक्षसँग नागरिक स्वास्थ्य परीक्षण” कार्यक्रम अन्तर्गत यहि माघ २६ र २८ गते वडा नम्बर ४ का दुई ठाउँमा शिविर सञ्चालन हुन लागेको हो ।

यस अघि पहिलो चरणमा वडा नम्बर ५ र ६ मा शिविर सम्पन्न भईसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र सिंह धामीले जानकारी दिनुभयो । शिविरमार्फत नसर्ने रोगअन्तर्गत मधुमेह (डायबेटिज), उच्च रक्तचाप, दम, अनिद्रा, मुटुरोगलगायतका विभिन्न स्वास्थ्य समस्याको चिकित्सकबाट परीक्षण तथा उपचार सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशीले जानकारी दिनुभयो।

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच, पशु सेवा शाखाबाट पशु स्वास्थ्यसम्बन्धी परामर्श तथा औषधि वितरण र कृषि शाखाबाट कृषि प्रसार सेवा तथा बीउ–बिजन वितरण समेत गरिने उहाँले बताउनुभयो।

एकीकृत घुम्ती स्वास्थ्य शिविर माघ २६ गते गाउँपालिका वडा नम्बर ४ स्थित सामुदायिक स्वास्थ्य इकाई बार्कुमा र माघ २८ गते सामुदायिक स्वास्थ्य इकाई थाममा सञ्चालन हुने उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्रका नागरिकलाई एकै स्थानबाट स्वास्थ्य, कृषि र पशु सेवामा पहुँच पु¥याउने उद्देश्यले उक्त शिविर सञ्चालन गर्न लागिएको हो। यस अघि वडा नम्बर ५ र ६ मा सञ्चालन भएको शिविरबाट १ हजार बढीले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । गाउँपालिकाका सबै वडाहरुमा क्रमस शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?