बैतडीको सिगासमा ३५ वर्षीय पुरुष मृत फेला

दार्चुला । बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् ।

सिगास गाउँपालिका वडा नम्बर १ दुदिलाखानका ३५ बर्षीय खडकबहादुर बिष्ट सोमबार बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनि निस्केका बिष्ट घरबाट करीब सय मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका उहाँले बताउनुभयो ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?