रिठाचौपाता स्वास्थ्य चौकीमा ‘एचपिभी’ खोप अभियान सञ्चालनको लागि अन्तरक्रिया

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित रिठाचौपाता स्वास्थ्य चौकीमा एपपिभी खोप अभियान बारे अन्तरक्रिया गरिएको छ । सोमबार (आज) रिठाचौपाता स्वाथ्य चौकीको आयोजनामा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको हो ।

वडा नम्बर ५ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष बल्देव सिंह बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंमेविका, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा खोप अभियान सफल पार्न सबै पक्षले आ-आफ्नो ठाउँबाट सक्रिया भएर लाग्ने निर्णय गरिएको स्वास्थ्य चौकी प्रमुख राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

वडा नम्बर ५ मा रिठाचौपाता र मैखोली गरि दुई ठाउँमा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो । २७ गते रिठाचौपाता र २८ गते मैखोलीमा खोप अभियान सञ्चालन हुने विष्टले बताउनुभयो । वडा नम्बर ५ मा एचपिभी खोप पाउने २३ लक्षित किशोरी रहेका छन् ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि जिल्लामा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिन लागेको हो ।

जिल्ला भरिका १ हजार ४ सय ५८ जना किशोरीलार्ई ‘एचपिभी’ खोप लागाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । यस वर्षको अभियानमा कक्षा ६ मा पढदै गरेका किशोरीहरु, गत वर्ष खोप लगाउन छुटेका र विद्यालय बाहिरका लक्षित उमेर समुहका किशोरीहरुलाई खोप दिइने भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?