रामेछापको लिलौटीबाट बस तामाकोशी नदीमा खस्यो : ४ जनाको शव भेटियो

दार्चुला । काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो ।

डुबेको बसमा रहेकामध्ये अहिलेसम्म चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताउनुभयो । अरनिको यातायातको प्रदेश ३ ०१–००५–९९७५ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा १३ जना रहेकोमा उद्धार गरिएकामध्ये ६ जना घाइतेलाई थप उपचारका लागि खुर्कोट र मन्थलीमा पठाइएको छ । बस नदीमा डुबेको र उद्धार कार्य भइरहेकाले थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?